Kathmandu Press

सुनको मूल्य स्थिर, तोलाको ९२ हजार पाँच सय

काठमाडौं, मंसिर २८ : केही दिनयता स्थिर रहेको सुनको मूल्य आज पनि बढेको छैन।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला...
सुनको मूल्य स्थिर, तोलाको ९२ हजार पाँच सय

काठमाडौं, मंसिर २८ : केही दिनयता स्थिर रहेको सुनको मूल्य आज पनि बढेको छैन।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार पाँच सय रहेको छ। चार दिनयता सुनको मूल्य यहि रहेको छ।

बिहीबार पनि छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार पनि त्यहि मूल्यमा कारोबार भएपछि सुन आज पनि घटबढ भएको छैन।

त्यस्तै, तेजावी सुन तोलाको मूल्य पनि स्थित छ। आज तेजाबी सुन प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ। बिहीबार पनि यहि मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय १० कायम भएको छ। चाँदी पनि बिहीबारयता घटबढ भएको छैन।

 

प्रकाशित मिति: १७:५९ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्