Kathmandu Press

आज बालाचतुर्दशी पर्व, सतबीज छर्नुका साथै पितृका नाममा दीपदान गरिदैं

काठमाडौं, मंसिर २८ : आज बालाचतुर्दशी पर्व, हिन्दु धर्मालम्बीले देशभरका विभिन्न शिवालयमा बिहान सतबीज छरेर मनाईने परम्परा छ ।मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन हिजो...
आज बालाचतुर्दशी पर्व, सतबीज छर्नुका साथै पितृका नाममा दीपदान गरिदैं

काठमाडौं, मंसिर २८ : आज बालाचतुर्दशी पर्व, हिन्दु धर्मालम्बीले देशभरका विभिन्न शिवालयमा बिहान सतबीज छरेर मनाईने परम्परा छ ।

मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन हिजो बेलुकी दीपदान गरी रातभर जाग्राम बसेर आज बिहान पशुपतिनाथ लगायत देशभरका शिवालयमा सतबीज छर्ने परम्परा छ ।

पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने यसबर्ष कोरोना कहरका कारण पशुपतिनाथमा भने मेला नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनोलाई सतबिजका रुपमा छर्ने गरिन्छ।

भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने जनविश्वास रहँदै आएको छ।

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्