प्रधानमन्त्रीले बोलेका गैरसंसदीय शब्द अभिलेखबाट हटाउन सभामुखको निर्देशन
काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बोलेका गैरसंसदीय शब्द अभिलेखबाट हटाउन सभामुख कृष्णबहादुर महराले निर्देशन दिएका छन्।....

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बोलेका गैरसंसदीय शब्द अभिलेखबाट हटाउन सभामुख कृष्णबहादुर महराले निर्देशन दिएका छन्।
वैशाख २४ गते नीति तथा कार्यक्रम पारित गर्ने दिन प्रधानमन्त्री ओलीले गैरसंसदीय शब्द प्रयोग गरेका थिए। प्रधानमन्त्रीले अमर्यादित शब्द बोलेपछि कांग्रेसले विरोध गरेको थियो।
आजको प्रतिनिधिसभाको बैठकको प्रारम्भमै सभामुखले वैशाख २४ गते प्रयोग भएका शब्दका बारेमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सचिवालयलाई अभिलेखबाट हटाउने निर्देशन दिए।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार सम्हाल्ने सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।
पत्रअनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोकेको उल्लेख छ।











