कोहलपुर–सुर्खेत प्रसारण लाइनको काम शुरु
वीरेन्द्रनगर, मंसिर २७ : कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको काम शुरुआत भएको छ। एक महिनाभित्र सम्पन्न गर्ने गरी विस्तृत सर्भेको काम थालिएको आयोजनाले...
वीरेन्द्रनगर, मंसिर २७ : कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको काम शुरुआत भएको छ। एक महिनाभित्र सम्पन्न गर्ने गरी विस्तृत सर्भेको काम थालिएको आयोजनाले जनाएको छ।
आयोजनाका प्रमुख रविकुमार चौधरीले विस्तृत सर्भेमा विद्युत् लाइनले ओगट्ने क्षेत्रको भौगोलिक अवस्था, रूख कटानलगायतका विषयमा अध्ययन हुने बताए। “प्रारम्भिक सर्भे भइसकेको छ, विस्तृत सर्भे शुरु हुँदैछ”, उनले भने, “कुन बाटोबाट लैजाने, कति रूख कटान गर्नेसम्बन्धी टुङ्गो अब अध्ययनपछि लाग्नेछ।”
आयोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्ट प्रालिले पाएको छ। कम्पनीले दुई वर्षभित्र प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदको काम सम्पन्न गर्नुपर्नेछ। आयोजनामा करीब ७० करोड खर्च हुने अनुमान गरिएको छ।
आयोजना सम्पन्न भएपछि ‘कम भोल्टेज’को समस्या हट्नेछ। ‘कम भोल्टेज’कै कारण कर्णालीमा विद्यत् विस्तार हुन सकेको छैन। लामो समयदेखि प्रसारण लाइन निर्माणको चर्चा चले पनि राजनीतिक अस्थिरताका कारण काम शुरु सकेको थिएन। रासस










-1754206481.jpg)
