भारतको मिजोरमबाट २३ नेपाली महिलाको उद्धार
काठमाडौं, वैशाख २७ : भारतको बाटो हुदै खाडी जान लागेका २३ जना नेपाली महिलाको उद्धार गरिएको छ।
उनीहरूको भारतको उत्तर-पूर्वी राज्य मिजोरमबाट उद....
काठमाडौं, वैशाख २७ : भारतको बाटो हुदै खाडी जान लागेका २३ जना नेपाली महिलाको उद्धार गरिएको छ।
उनीहरूको भारतको उत्तर-पूर्वी राज्य मिजोरमबाट उद्धार गरिएको हो। उद्धार गरिएका सबैलाई काँकडभिट्टा पुर्याएको माइती नेपालका अध्यक्ष विश्व खड्काले बताए।
उनीहरूलाई काठमाडौं ल्याउन लागिएको छ। सरकार र माइती नेपालको पहलमा काठमाडौं ल्याउन लागिएको खड्काले बताए।
भारतको बाटो हुदै खाडी देशमा जान लागेका महिलाको भारतीय प्रहरी र त्यहाँका संघसंस्थाले उद्धार गरेका हुन्।
प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, वैशाख २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











