Kathmandu Press

गोकुल बाँस्कोटा भन्छन्- खेताला खोजेर विरोध गर्न थालियो 

काभ्रेपलाञ्चोक, मंसिर २७ : पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गरेका...
गोकुल बाँस्कोटा भन्छन्- खेताला खोजेर विरोध गर्न थालियो 
पूर्वमन्त्री गोकुल बाँस्कोटा।

काभ्रेपलाञ्चोक, मंसिर २७ : पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गरेका छन्। 

बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्वर्गीय प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलिसभालाई शनिबार सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताए।

“कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको प्रमाणसहित फेलापरेका छन्”, नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले भने, “यसो भएपछि बाहिर एकताको हल्ला चलाएरभित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन।”

आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानीमा पार्टी विभाजन गर्न नहुने उनको तर्क थियो। 

प्रकाशित मिति: १८:२० बजे, शनिबार, मंसिर २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्