Kathmandu Press

कोरोनाविरुद्धको खोप ल्याउने पहल थाल्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ।कांग्रेस केन्द्रीय संगठन विभागको बैठकले निकट भविष्यमा उपलब्ध...
कोरोनाविरुद्धको खोप ल्याउने पहल थाल्न सरकारलाई कांग्रेसको आग्रह
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ।

कांग्रेस केन्द्रीय संगठन विभागको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरुपमा आपूर्ति गर्न सरकारी तवरबाट यथाशीघ्र आवश्यक पहल कदमी अगाडि बढाउनसमेत आग्रह गरेको हो।

बैठकले मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठमाथि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबाट कुटपिट गरी जघन्य हत्या गरिएको घट्नालाई गम्भीरतापूर्वक लिई हत्यामा संलग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको विभाग सचिव बिनकुमार विश्वकर्माले जानकारी दिए। 

विभाग प्रमुख गोपालमान श्रेष्ठको सभापतित्वमा बसेको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि केही दिन अघि तनहुँमा प्रहरी प्रशासनबाट भएको दुव्र्यहारविरुद्ध मंसिर २९ गते पार्टीले देशभर आयोजना गर्ने विरोध कार्यक्रमलाई सशक्त तथा प्रभावकारी बनाउन सम्पूर्ण जनसमुदायमा अपिल गर्ने निर्णय गरेको छ। 

यसैगरी भ्रष्टाचारका विरुद्ध नागरिकस्तरबाट उठाइएका राजनीतिक र सामाजिक मुद्दाप्रति  विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

प्रकाशित मिति: १६:१० बजे, शनिबार, मंसिर २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्