Kathmandu Press

न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

काठमाडौं, मंसिर २६ : तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ।  आर्थिक वर्ष २०७६-७७ मा समितिमा ९६ उजुरी दर्ता...
न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

काठमाडौं, मंसिर २६ : तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ।  

आर्थिक वर्ष २०७६-७७ मा समितिमा ९६ उजुरी दर्ता भएकामा २४ जग्गा विवाद सम्बन्धी रहेका छन् ।  अधिकांश उजुरी साँध सिमानाकै रहेका न्यायिक समितिको संयोजक एवम् उपप्रमुख भवानी डोटेल (धिताल) ले जानकारी दिइन्। उनका अनुसार सो आवमा परेका उजुरीमा २० सार्वजनिक जग्गा-बाटोसम्बन्धी, चार सिमाना विवाद, तीन महिला तथा बालबालिका हिंसासम्बन्धी र अन्य ४५ रहेका छन्।  यस अवधिमा ४४ वटा मुद्दा किनारा लगाइएको छ।

११ उजुरी मेलमिलाप तथा सहमति भएका, दुई उजुरी मुल्तबीमा राखिएको ३९ प्रक्रियामा रहेको उनले बताइन्। घरेलु हिंसा र महिला हिंसाका उजुरीहरु समितिमा अत्यन्त कम पर्ने जनाइएको छ । सामाजिक परिवेश तथा चेतनाको कमीले पनि यस्ता खालको उजुरीहरु बाहिर ल्याउन हुन्न भन्ने मान्यताले उजुरी थोरै पर्ने गरेको बताइएको छ। व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी समितिमा नपरे पनि घर–जग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी–लेनदेनका उजुरी न्यायिक समितिमा पर्ने गरेका छन्। 

आर्थिक व्ष २०७५-७६ मा ८१  उजुरी दर्ता भएकामा २८ जग्गा विवादसम्बन्धी रहेका थिए। त्यस्तै, नौ सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, १९ सिमाना विवाद, दुई सम्बन्ध विच्छेद र एउटा महिला तथा बालबालिका हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा दर्ता भएका थिए। सो  अवधिमा ३१ वटा उजुरी न्यायिक समितिबाट फैसला गरिएको, बीस सहमति भएको, ४९ प्रक्रियामै रहेको र एउटा मुल्तबीमा राखिएको छ। 

चालू आर्थिक वर्षमा समितिमा उजुरीहरु आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकामा आउने उजुरीहरु सबै लिखितरुपमै आउने गरेका छन्। उपप्रमुख डोटेलको संयोजकत्वमा रहेको समितिमा दुई जना कानून व्यवसायी सदस्य रहेका छन्। समितिले र्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार र बिहीबार इजलास राख्दै आएको छ। 

प्रकाशित मिति: २३:०२ बजे, शुक्रबार, मंसिर २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्