Kathmandu Press

तिलौराकोट गुरुयोजनाले कपिलवस्तुको मुहार फेरिने छ : मुख्यमन्त्री पोखरेल

चन्द्रौटा, मंसिर २६ : मुख्यमन्त्री शङ्कर पोखरेलले तिलौराकोट गुरुयोजनाले जिल्लाको मुहार फेरिने जनाएका छन्। मुख्यमन्त्री पोखरेलले आज कपिलवस्तुको चन्द्रौटामा निर्माण हुन लागेको स्मार्ट...
तिलौराकोट गुरुयोजनाले कपिलवस्तुको मुहार फेरिने छ : मुख्यमन्त्री पोखरेल

चन्द्रौटा, मंसिर २६ : मुख्यमन्त्री शङ्कर पोखरेलले तिलौराकोट गुरुयोजनाले जिल्लाको मुहार फेरिने जनाएका छन्। मुख्यमन्त्री पोखरेलले आज कपिलवस्तुको चन्द्रौटामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशकै पछाडि परेको कपिलवस्तुमा प्रदेश सरकार बनेपछि विकासले फड्को मारेको जनाउँदै  उत्तरी भेगमा रेलमार्ग र दक्षिणी क्षेत्रमा हुलाकी राजमार्गको कामले गति लिएको  बताए।

शिवराज नगरपालिका क्षेत्रमै प्रदेशस्तरीय सरुवा रोग निर्माणको काम अघि बढेकाले नागरिकलार्ई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताउँदै जिल्लामा सिंचाइका लागि राप्ती सुरही नाका डाइभर्सन र कालीगण्डकी तिनाउ डाइभर्सन योजनाले पूर्ण रुपमा सिंचाइ गर्न सकिने जनाए। 

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश क्षेत्रभित्र पूर्वपश्चिम सडक छेउछाउमा फोहोरमैलाको समस्या रिफ्रेस सेन्टरले हटाएको बताए। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले वातावरण संरक्षण र विकासनिर्माणमा द्वन्द्व भएकाले सन्तुलित तरिकाले विकासको योजना अघि बढाउनुपर्ने विचार राखेका थिए। दुई वर्षभित्र सम्पन्न हुने गरी पहिलो चरणमा तीन करोड ६४ लाख रुपैयाँ लागतमा भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवाले रिफ्रेस सेन्टर निर्माण जिम्मा पाएको छ। स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेष्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ स्थल, सिटिङ एरिया, पाथ वे, रोड एरिया, कार वासिङ, चार्जिङ स्टेशन, चालक कक्षलगायत संरचना बन्नेछन्।

प्रकाशित मिति: २२:५८ बजे, शुक्रबार, मंसिर २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्