Kathmandu Press

पुरानो बानेश्वरमा सञ्चालनमा आयो ‘लोकल सेकुवा’ रेष्टुरेन्ट

काठमाडौं, मंसिर २६ : शाह ग्रुप ग्रुप अफ फुड एन्ड बेभ्रेजले भने पुरानो बानेश्वरमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ। ‘लोकल सेकुवा’ नामक उक्त...
पुरानो बानेश्वरमा सञ्चालनमा आयो ‘लोकल सेकुवा’ रेष्टुरेन्ट

काठमाडौं, मंसिर २६ : शाह ग्रुप ग्रुप अफ फुड एन्ड बेभ्रेजले भने पुरानो बानेश्वरमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ। ‘लोकल सेकुवा’ नामक उक्त रेष्टुरेन्ट शुक्रबारदेखि सञ्चालनमा आएको हो।
 
पुरानो बानेश्वर चोकबाट सिनामंगल जाने रोडमा खुलेको ‘लोकल सेकुवा’मा नेपाली खाना तथा फाष्ट फुडका पारखीहरुलाई लोक स्वाद पस्किने रेष्टुरेन्टका सञ्चालक रञ्जित शाहले जानकारी दिए। एकैसाथ करिब तीन सय जनालाई सेवा दिने गरी सञ्चालनमा आएको ‘लोकल सेकुवा’मा सेकुवाका साथै नेपाली तथा कन्टिनेन्टलका ५० भन्दा बढी भेराइटीको स्वाद लिन पाइने शाहले बताए।
 
शाहका अनुसार कोभिड महामारीका कारण करिव पाँच महिना ढिला गरी सञ्चालनमा आएको हो। ‘हामीले गत नेपाली नयाँ वर्षदेखि रेष्टुरेन्ट सञ्चालन गर्ने योजनाका साथ काम अघि बढाएका थियौं। तर, लकडाउनका कारण केही ढिला हुन गयो’, शाहले भने, ‘अब कोभिडले ल्याएको आर्थिक मन्दीलाई निरुत्साहित गर्नुपर्छ भन्ने ठानेर लोकल सेकुवालाई शुक्रबारदेखि सञ्चालनमा ल्याएका छौं।’

पूर्ण पारिवारिक वातावरणमा ग्राहकहरुलाई विहानको ब्रेकफष्टदेखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा पस्कने गरी प्रबन्ध मिलाइएको शाहले जानकारी दिए। शाह ग्रुप अफ फुड एन्ड वेभरेजले क्रिस्पी चिकेनको लागि चर्चित मानिएको केकेएफसी ब्रान्डको चेन रेष्टुरेन्ट सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: २१:३१ बजे, शुक्रबार, मंसिर २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्