जीपी कोइराला फान्डेसनद्वारा न्युयोर्कमा खाद्यान्न वितरण
न्युयोर्क, मंसिर २६ : न्युयोर्कको कुइन्सस्थित गिरिजाप्रसाद कोइराला फाउन्डेसन, अमेरिकाले निःशुल्क खाद्यान्न वितरण गरेको छ।फाउन्डेसनले बिहीबार निःशुल्क खाद्यान्न वितरण गरेको हो। फाउन्डेसनले खाद्यान्न....jpg)
न्युयोर्क, मंसिर २६ : न्युयोर्कको क्विन्सस्थित गिरिजाप्रसाद कोइराला फाउन्डेसन, अमेरिकाले निःशुल्क खाद्यान्न वितरण गरेको छ।
फाउन्डेसनले बिहीबार निःशुल्क खाद्यान्न वितरण गरेको हो। फाउन्डेसनले खाद्यान्न वितरण गरेको यो ३२औं पटक हो।
निःशुल्क खाद्यान्न वितरण कार्यक्रममा न्युयोर्क राज्यको गभर्नर कार्यालयकी विशेष सहायक लिन्डा लाभायोलेट उपस्थित रहेकी थिइन्।
न्युयोर्क राज्यकै कृषि र बजार विभागसँग समन्वय गरि फाउन्डेसनले दुई सय ५० वटा डिब्बा खाना, एक सय डिब्बा पनिर मसाला र ३० डिब्बा चना मसला वितरण गरेको फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे बताए।
कार्यक्रममा न्युयोर्कको क्विन्समा रहेका नेजससअका उपाध्यक्ष अनन्तराज सुवेदी, गोर्खा समाज अमेरिकाका अध्यक्ष अन्जन श्रेष्ठ, नेपाली अमेरिकन कलाकार संघका महासचिव एंव वरिष्ठ लोक गायक बिमल डाँगी, फाउन्डेसनका मिडिया संयोजक एंव गीतकार पुष्कर बराल, फाउन्डेसनका सदस्य प्रेम अधिकारी क्षेत्री सहभागी थिए।
कार्यक्रममा स्वयंसेवकहरु धुर्व कुँवर, सागर श्रेष्ठ, टेकबहादुर कार्की, दिप कट्टेलले खाद्यान्न वितरण गरेका थिए। त्यस्तै, फाउन्डेसका उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, नेपाली अमेरिकन कलाकार संघ कोषाध्यक्ष एंव वरिष्ठ लोक गायिका संगिता थापालगायत सहभागी थिए।











