Kathmandu Press

बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

बझाङ, मंसिर २६ : बसको ठक्करबाट बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बसको ठक्करबाट दीपिका गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

 

प्रकाशित मिति: १७:०१ बजे, शुक्रबार, मंसिर २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्