Kathmandu Press

आजदेखि संसद्‍मा प्रि-बजेट छलफल

काठमाडौं, वैशाख २७ : आजदेखि संघीय संसद्मा प्रि-बजेट छलफल सुरु हुने भएको छ।

आज अपराह्न अर्थमन्त्री डा.युवराज खतिवडाले राजश्व र विनियोजन विधेय....

आजदेखि संसद्‍मा प्रि-बजेट छलफल
फाइल फोटो

काठमाडौं, वैशाख २७ : आजदेखि संघीय संसद्मा प्रि-बजेट छलफल सुरु हुने भएको छ।

आज अपराह्न अर्थमन्त्री डा.युवराज खतिवडाले राजश्व र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे संसद्लाई जानकारी दिने कार्यसूचि रहेको छ। त्यसपछि प्रि-बजेट छलफल हुने छ। बजेट आउनुभन्दा अघि प्रि-बजेट छलफल हुने व्यवस्था छ।

वैशाख २४ गते संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। प्रतिपक्षको विरोधबीच सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ।

कांग्रेसले प्रि-बजेट छलफलको माग गर्दै आएको थियो। यस अघि नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अघि प्रि-बजेट छलफल हुने गरेको थियो। यस पटक भने नीति तथा कार्यक्रम पारित भएपछि प्रि-बजेट छलफल हुन लागेको हो।

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते प्रस्तुत गर्नुपर्र्नेे संवैधानिक व्यवस्था छ। सरकारले त्यही अनुसार, तयारी गरिरहेको जनाएको छ।

यस अघि बिहीबार प्रतिनिधिसभाको अर्थ समितिमा प्रि-बजेट छलफल भएको थियो।

प्रकाशित मिति: ११:२७ बजे, शुक्रबार, वैशाख २७, २०७६