Kathmandu Press

राप्रपाको झण्डा र चुनाव चिह्न सार्वजनिकरण

मकवानपुर, मंसिर २५ : राप्रपाका अध्यक्ष कमल थापाले आज एक कार्यक्रममा पार्टीको झण्डा र चुनाव चिन्ह हलोको सार्वजनिकरण गरेका छन्।राप्रपा मकवानपुरले आयोजना गरेको...
राप्रपाको झण्डा र चुनाव चिह्न सार्वजनिकरण

मकवानपुर, मंसिर २५ : राप्रपाका अध्यक्ष कमल थापाले आज एक कार्यक्रममा पार्टीको झण्डा र चुनाव चिन्ह हलोको सार्वजनिकरण गरेका छन्।

राप्रपा मकवानपुरले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनीतिक दलहरुको इमान्दारीताभन्दा दलगत स्वार्थ भएको आरोप लगाए। उनले सडकको जुलुसको भीडले नभइ संविधानको संरचनाभित्रै रहेर जनताको अभिमतबाट परिवर्तन गर्नुपर्ने उल्लेख गरे।

सो अवसरमा राप्रपाका केन्द्रीय सदस्य विजय खड्का र केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले मुलुकमा बढ्दै गइरहेको हत्या हिंसालाई निरुत्साहित तुल्याउन सरकारले प्रभावकारी कानून ल्याउन नसकेको आरोप लगाए।

प्रकाशित मिति: २३:३४ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्