Kathmandu Press

प्रदेश नं १ मा थपिए १७५ कोरोना संक्रमित

विराटनगर, मंसिर २५ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६० महिलासहित १७५ कोरोना संक्रमित थपिएका छन्। थपिएका सङ्क्रमितमध्ये सुनसरीमा ६१, मोरङमा...
प्रदेश नं १ मा थपिए १७५ कोरोना संक्रमित

विराटनगर, मंसिर २५ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६० महिलासहित १७५ कोरोना संक्रमित थपिएका छन्। 

थपिएका सङ्क्रमितमध्ये सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा पाँच, धनकुटा र सङ्खुवासभामा दुई÷दुई, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा एक÷एक तथा प्रदेश बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशमा कोरोना संक्रमितको संख्या २८ हजार ६७७ पुगेको छ भने आज ४९ जनासहित अहिलेसम्ममा २३ हजार ४५२ जना निको भएर घर फर्किसकेका छन्। सोही अवधिमा ९३४ जनासहित अहिलेसम्ममा एक लाख ९९ हजार १५९ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २३:३० बजे, बिहीबार, मंसिर २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्