Kathmandu Press

ग्लोबल आइएमई बैंक र बारपाकको सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा सम्बन्धी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक र बारपाकको सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा सम्बन्धी पत्रमा हस्ताक्षर

काठमाडौं, मंसिर २५ : ग्लोबल आइएमई बैंक लिमिटेड र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारी पत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन्। 

समझदारी पत्र अनुसार, बैंकले आवश्यक प्रकृया पुरा गरेका कृषकहरुलाई परियोजनाको विश्लेषणगरी न्यूनतम दुई लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ।

कृषिको व्यावसायिकता मार्फत आत्मनिर्भर पालिका निर्माणका लागि ग्लोबल आइएमई बंैक लिमिटेडले स्थानीय निकायहरुसँगको सहकार्यमा विभिन्न किसिमका कर्जा प्रवाह गर्दै आएको छ। 

मुलुकको कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन्। कृषि कर्जामा बैंकको सहजीकरणलले उद्यमशीलताको विकास गर्ने, स्वरोजगार बनाउने र स्थानीय निकायहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।
 

प्रकाशित मिति: २३:१६ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्