Kathmandu Press

संघ र प्रदेशका दश सहसचिवको सरुवा

काठमाडौं, वैशाख २७ : सरकारले संघ र प्रदेशमा कार्यरत १० सहसचिवको सरुवा गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बै....

संघ र प्रदेशका दश सहसचिवको सरुवा
फाइल फोटो

काठमाडौं, वैशाख २७ : सरकारले संघ र प्रदेशमा कार्यरत १० सहसचिवको सरुवा गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न मन्त्रालय, आयोग तथा प्रदेशमा कार्यरत १० सहसचिवलाई सरुवा गर्ने निर्णय गरेको हो।

Hardik ivf

राष्ट्रिय सूचना आयोगका सहसचिव सुशील ढकाललाई प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। नेपाल ट्रस्टको कार्यालयमा कार्यरत सहसचिव राजेश्वर ज्ञवालीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गतको कार्यालयमा सरुवा गरिएको जनाएको छ।

त्यस्तै, उपराष्ट्रपतिको कार्यालयका सहसचिव तेजराज पाण्डेलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ भने खानेपानी मन्त्रालयका सहसचिव शङ्करप्रसाद सुवेदीलाई प्रदेश  २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

यसैगरी, राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव विष्णुराज लामिछानेलाई प्रदेश ३ को सामाजिक विकास मन्त्रालयमा र उक्त मन्त्रालयका सहसचिव लोकनाथ पौड्याललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ।

मन्त्रिपरिषद बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सहसचिव प्रेमकुमार श्रेष्ठलाई प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरेको छ।

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव पुष्करनाथ घिमिरेलाई प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव नियाज वारिसलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १०:२७ बजे, शुक्रबार, वैशाख २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्