Kathmandu Press

नौ महिनापछि खुल्यो सदर चिडियाखाना (तस्बिरहरु)

कोरोना भाइरसको महामारीका कारण बन्द रहेको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना नौ महिनापछि खुलेको छ।
नौ महिनापछि खुल्यो सदर चिडियाखाना (तस्बिरहरु)

ललितपुर, मंसिर २५ : कोरोना भाइरसको महामारीका कारण बन्द रहेको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना नौ महिनापछि खुलेको छ।

बिहीबारे खुलेसँगै आन्तरिक पर्यटकको आगमन सुरु भएको छ। स्वास्थ्य मापदण्ड अपनाएर चिडियाखाना प्रवेश गर्न दिइएको छ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले स्वास्थ्य मापदण्ड अपनाएर चिडियाखाना खुला गरिएको बताए। चिडियाखाना प्रवेश गर्नेहरुलाई मास्क अनिवार्य गरिएको छ भने प्रवेशद्वारमा तापक्रम नाप्ने गरिएको छ।

 

प्रकाशित मिति: २०:११ बजे, बिहीबार, मंसिर २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्