प्रतितोला ९०० ले घट्यो सुनको मूल्य
काठमाडौं, मंसिर २५ : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार...
काठमाडौं, मंसिर २५ : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ। बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ। बुधबार प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ।
यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २०० रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित मिति: १७:११ बजे, बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
