Kathmandu Press

नौ महिनापछि खुल्दै मनकामना केबुलकार

चितवन, मंसिर २५ : कोरोना भाइरसको महामारीका कारणनौ महिनादेखि बन्द भएको चितवनको मनकामना केबुलकार खुल्ने भएको छ।मनकामना केबुलकार व्यवस्थापन समितिले मंसिर २८ गतेदेखि...
नौ महिनापछि खुल्दै मनकामना केबुलकार

चितवन, मंसिर २५ : कोरोना भाइरसको महामारीका कारण नौ महिनादेखि बन्द भएको चितवनको मनकामना केबुलकार खुल्ने भएको छ।

मनकामना केबुलकार व्यवस्थापन समितिले मंसिर २८ गतेदेखि केबुलकार खोल्ने निर्णय गरेको हो। मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाको बैठकले केबुलकार खोल्न सहमति जनाएको छ।

स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिरमा पूजापाठ गर्न पाइने र केबुलकार चढ्ने पाइने समितिले जनाएको छ। केबुलकार चढ्नुअघि भने तापक्रम नापिनेछ। ज्वरो आएका र रुघाखोकी लागेका यात्रुले भने केबुलकार चढ्न पाउने छैनन्।

यो क्षेत्रभित्र पिकनिक गर्न भने अहिले बन्द नै रहेको छ। त्यस्तै, केबुलकारबाट पशुपंक्षी ढुवानी पनि बन्द नै रहेको छ।

केबुलकार बिहान ९ देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। योसँगै तल्लो स्टेसनको रेस्टुरेन्ट पनि पुस ३ गतेदेखि सञ्चालन हुने भएको छ।

प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्