Kathmandu Press

धनुषामा राष्ट्रिय परिचयपत्रबारे गलत प्रचार

धनुषामा राष्ट्रिय परिचयपत्रबारे गलत प्रचार

जनकपुरधाम, मंसिर २४ : धनुषाका ग्रामीण क्षेत्रमा राष्ट्रिय परिचयपत्र बनाएपछि सरकारबाट राशन र आर्थिक सहयोग प्राप्त हुने गलत प्रचारप्रचार गरिएको पाइएको छ। सोका कारण जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा बिहानदेखि महिलाको भीड लाग्ने गरेको छ।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र राशन कार्ड नभइ डिजिटल नागरिकता हो भनि सूचना जारी गरे पनि कार्यालय परिसरमा उपस्थित महिलामा कुनै प्रभाव परेको देखिएको छैन। कार्यालयका सुरक्षाकर्मीका अनुसार परिचयपत्र राशन कार्ड होइन भनि भन्दा पनि महिला सो कुराको वास्ता नगरी परिसरमा बिहानदेखि बेलुकासम्म बस्ने गरेका छन्।

ग्रामीण क्षेत्रका केही अगुवाले राष्ट्रिय परिचयपत्रबाट दलित समुदायले राहत सामग्री र आर्थिक सहयोग पाइने भनि गलत प्रचार गरिएको जनाइएको छ।

प्रकाशित मिति: २२:४८ बजे, बुधबार, मंसिर २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्