Kathmandu Press

भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र जनता एक हुनुपर्नेमा वैद्यकाे जोड

उदयपुर,मंसिर २४ : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र संघीयता संकटमा पर्दै गएको धारणा राखेकाछन्। पार्टीको पूर्वी ब्यूरोको बैठकमा...
भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र जनता एक हुनुपर्नेमा वैद्यकाे जोड

उदयपुर,मंसिर २४ : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र संघीयता संकटमा पर्दै गएको धारणा राखेकाछन्। 

पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ आइपुगेका नेता वैद्यले आज बिहान क्रान्तिकारी पत्रकार महासंघ प्रदेश नं १ को आयोजनामा गाईघाटमा भएको पत्रकार सम्मेलनमा ‘जनता कोरोना महामारीमा परेको, तिनको रोजीरोटी गुम्दै गएको, आर्थिक संकट उत्पन्न हुँदै गएको, बेरोजगारी बढ्दै गएको, राष्ट्रियता संकटमा परेको तथा  सत्तारुढ दलभित्र विभाजनको अवस्था आउनाले’ निराशा छाएको बताए।

अर्को प्रसङ्गमा उनले भारतसँग सीमा विवादमा झुकेर कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान नहुने जनाउँदै आफ्नो भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र नेपाली जनता एक हुनुपर्नेमा जोड दिए।

सबै दलभित्रका सच्चा क्रातिकारी शक्ति एक ठाउँमा आएर अगाडि बढे मात्र वर्तमान समस्याले निकास पाउने र देश स्थायी रुपमा समृद्धितिर जाने धारणा वैद्यले राखे। पार्टी पूर्वी ब्यूरोको बैठक आज नै उदयपुरको सदरमुकाम गाईघाटको सिटीहलमा बस्ने पार्टी प्रदेश नं १ का इञ्चार्ज मीनकुमार राउतले बताए।

प्रकाशित मिति: १८:१९ बजे, बुधबार, मंसिर २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्