सुनको मूल्यमा सात सय रुपैयाँले कमी
काठमाडौं, मंसिर २४ : नेपाली बजारमा बुधबार सुनको मूल्यमा सात सय रुपैयाँले कमी आएको छ। मंगलबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य...
काठमाडौं, मंसिर २४ : नेपाली बजारमा बुधबार सुनको मूल्यमा सात सय रुपैयाँले कमी आएको छ।
मंगलबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९३ हजार ४०० रुपैयाँ कायम भएको हो। यसअघि मंगलबार एकैदिन तोलामा १५ सय रुपैयाँले वृद्धि भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा सात सय रुपैयाँले घटेको छ। मंगलबार तेजाबी सुन तोलामा ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। बुधबार ९२ हजार ९५० रुपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार एक हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २१५ रुपैयाँमा मा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १८:०८ बजे, बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
