ट्याङ्करको ठक्करले मोटरसाइकल चालकको मृत्यु
चितवन, मंसिर २४ : पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।दुर्घटनामा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवानको...
चितवन, मंसिर २४ : पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
दुर्घटनामा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ। आज बिहान ६ः३० बजे लोथरबाट नारायणगढतर्फ आउँदै गरेको लु १ ख ६५८१ नम्बरको तेल बोकेको ट्याङ्करले ना ४१ प ९८६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट घाइते देवानको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ७ः२० बजे मृत्यु भएको छ। मोटरसाइकललाई ठक्कर दिने ट्याङ्कर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:४६ बजे, बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











