समाजवादी पार्टीले राजपालगायत दलसँग एकताका लागि वार्ता गर्ने
काठमाडौं, वैशाख २६ : समाजवादी पार्टी, नेपालले एकीकरणका लागि राष्ट्रिय जनता पार्टीलगायत विचार मिल्ने अन्य दलहरूसँग वार्ता गर्ने भएको छ।
....
काठमाडौं, वैशाख २६ : समाजवादी पार्टी, नेपालले एकीकरणका लागि राष्ट्रिय जनता पार्टीलगायत विचार मिल्ने अन्य दलहरूसँग वार्ता गर्ने भएको छ।
पार्टीको बिहीबार बसेको पहिलो पदाधिकारी बैठकले थप एकीकरणका लागि राष्ट्रिय जनता पार्टीलगायत विचार मिल्ने अन्य दलहरूसँग वार्ता गर्ने निर्णय गरेको हो।
पार्टीका सञ्चार संयोजक प्रशान्त सिंहका अनुसार पार्टीले जेठ ११ देखि २५ गतेसम्म विभिन्न ठाउँमा अभिमुखीकरण प्रशिक्षण दिने छ। ‘यो विशेष गरी पार्टी एकताका कारणबारे जानकारी दिनका लागि हो’, उनले भने, ‘नीतिगत रुपमा विचार मिल्ने सबैसँग एकता वार्ता गर्ने भन्ने हो। तर मुख्य रूपमा ठूलो दलका हिसाबले राजपासँग एकता वार्ता गर्ने हो।’
बैठकमा सविकको नयाँ शक्ति पार्टीको असन्तुष्ट समूहबारे औपचारिक छलफल भएन। सिंहका अनुसार केही सिनियर साथीहरूकै असन्तुष्टि आएकाले त्यो छलफल गरी केही दिनमा हल हुने र उहाँहरू अन्य पार्टीमा नगई केही दिनमा वैकल्पिक राजनीतिक धार बनाउने गरी समाजवादी पार्टीमै समाहित गर्न पहल गर्ने कुरा भएको थियो।






