Kathmandu Press

धर्मका नाममा घृणा र द्वेष फैलाउने काम बन्द गर्नुपर्छ :  प्रधानमन्त्री ओली

काठमाडौं, मंसिर २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा परस्परमा घृणा तथा द्वेष फैलाउने काम बन्द हुनुपर्ने बताएका छन्।कीर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण...
धर्मका नाममा घृणा र द्वेष फैलाउने काम बन्द गर्नुपर्छ :  प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौं, मंसिर २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा परस्परमा घृणा तथा द्वेष फैलाउने काम बन्द हुनुपर्ने बताएका छन्।

कीर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण कीर्ति विहार परिसरमा ‘शान्ति सुद्धम्मावासा’ ज्येष्ठ नागरिक आवास गृहको मंगलबार शिलान्यास गर्दै उहाँले धर्मको मूलमन्त्र शान्ति र मेलमिलाप तथा एकता हुनुपर्ने बताए। “हरेक धर्म मेलमिलापका लागि हुनपर्छ, फाटोको निम्ति होइन”, उनले भने, “बुद्ध दर्शनले हामीलाई यस कुरामा प्रष्ट गरेको छ।”

प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध नेपालको भूमिमा जन्मिएको भए पनि बुद्ध धर्मको प्रचार र लुम्बिनीको विकासमा विदेशीको भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरकार लागिपरेको बताए। “लुम्बिनीको विकासका लागि आफ्नो कर्तव्य पूरा गर्न तीव्रताका साथ अगाडि बढ्नु जरुरी छ”, उनले भने।

बुद्ध जन्मभूमिबारे फैलाइएका भ्रम पछिल्ला समय विश्वभरबाट हट्दै गएको उल्लेख गर्दै उनले अमेरिकाले विद्यालयको पाठ्यक्रमबाट बुद्धको जन्मभूमिसम्बन्धी भ्रम सच्याएको जानकारी पाइएको बताए। “अमेरिकाले बुद्ध नेपालमा नभई अन्यत्रै जन्मिएको भन्ने विषय पाठ्यपुस्तकबाट हटाएर नेपालमै जन्मिएको भनेर लेखेको छ”, उनले भने, “अन्य देशको पाठ्यक्रममा पनि त्रुटि भएको भए म सच्याउन आग्रह गर्दछु।”

प्रकाशित मिति: ००:५१ बजे, बुधबार, मंसिर २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्