बिरामीको मृत्यु भएपछि काठमाडौं मेडिकल कलेजमा तोडफोड
काठमाडौं, मंसिर २३ : काठमाडौं मेडिकल कलेजमा उपचाररत बिरामीको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन्। नागार्जुन नगरपालिका ५ छगडोलकी ५८ वर्षीया लक्ष्मी कुँवरको उपचारका...
काठमाडौं, मंसिर २३ : काठमाडौं मेडिकल कलेजमा उपचाररत बिरामीको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन्।
नागार्जुन नगरपालिका ५ छगडोलकी ५८ वर्षीया लक्ष्मी कुँवरको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन्।
महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार बिरामीको मृत्युपछि आफन्तहरूले अस्पतालका १०/११ वटा झ्यालका सिसा फुटाएका छन्।
तोडफोड गर्ने नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिरामीको भने विभिन्न अंगहरू नचलेको र हृदयघातबाट मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: २२:५२ बजे, मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











