सरकारका गतिविधि लोकतन्त्र विरोधी: महामन्त्री खड्का
पोखरा, वैशाख २६ : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले केपी शर्मा ओली नेतृत्वको सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाएका छन्....

पोखरा, वैशाख २६ : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले केपी शर्मा ओली नेतृत्वको सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाएका छन्।
बिहीबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खड्काले सरकार अधिनायकवादी शैलीमा अघि बढेकाले कांग्रेस त्यसविरुद्ध खरोरुपमा उत्रिनु पर्ने बताए। उनले लोकतन्त्रको रक्षा र विद्यमान विकृति–विसङ्गतिको अन्त्यका लागि पार्टीको आन्तरिक एकता मजबुत बन्नु पर्ने बतनाए।
फरक प्रसंगमा खड्काले पार्टीको संशोधित विधानले पार्टीलाई थप सशक्त बनाउने बताए। उनले विधानले समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायतका विषयलाई थप प्रभावकारी बनाएको स्पष्ट पारे।
विधानलाई कार्यकर्ताको भावनाअनुरुप आवश्यकताअनुसार परिमार्जन गर्दै लैजान सकिने बताउँदै महामन्त्री खड्काले राज्यको परिवर्तित संरचना, संविधानको भावना एवम् मर्मलाई विधानले आत्मसात गरेको बताए।











