Kathmandu Press

उपप्राध्यापक चलाउनेले न्याय नपाएको भन्दै कीर्तिपुरमा विद्यार्थीको प्रदर्शन

काठमाडौं, मंसिर २३ : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले न्याय नपाएको भन्दै विद्यार्थीहरुले आन्दोलन थालेका छन्। उपप्राध्यापकमाथि आक्रमण भएको दुई महिना बितिसक्दा पनि उनले...
उपप्राध्यापक चलाउनेले न्याय नपाएको भन्दै कीर्तिपुरमा विद्यार्थीको प्रदर्शन

काठमाडौं, मंसिर २३ : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले न्याय नपाएको भन्दै विद्यार्थीहरुले आन्दोलन थालेका छन्। 

उपप्राध्यापकमाथि आक्रमण भएको दुई महिना बितिसक्दा पनि उनले न्याय नपाएको भन्दै विद्यार्थीहरुले कीर्तिपुरस्थित विश्वविद्यालयभित्र नारा जुलुससहित प्रदर्शन गरेका हुन्। 

प्रदर्शनमा दोषिहरू खुलेआम हिडिरहेकाले विश्वविद्यालयमा भय र त्रासको वातावरण कामय भएको भन्दै प्राज्ञिक गरिमा बचाउन सहयोगका लागि नागरिक समाज, पत्रकार र प्राज्ञिक समुदायलाई आग्रह गरिएकाे छ।

प्रकाशित मिति: १९:५१ बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्