Kathmandu Press

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले वृद्धि

काठमाडौं, मंसिर २३ : मंगलबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ। सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य...
सुनको मूल्य तोलामा १५ सय रुपैयाँले वृद्धि

काठमाडौं, मंसिर २३ : मंगलबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ। सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ९४ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबारको कारोबारका लागि महासंघले तेजाबी सुनको मूल्य ९३ हजार ६५० रुपैयाँ तोकेको छ। यस्तै चाँदीको मूल्इ पनि सोमबारको तुलनामा तोलामा ३० रुपैयाँले बढेर १२३५ पुगेको छ।

प्रकाशित मिति: १८:५० बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्