अमेरिकाका लागि नेपाली राजदूत कार्कीको कार्यकाल थप
काठमाडौं, वैशाख २६ : सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको कार्यकाल थप गरेको छ।
मन्त्रिपरिषद् बैठकक....
काठमाडौं, वैशाख २६ : सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको कार्यकाल थप गरेको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अमेरिकाका लागि नेपाली राजदूत कार्कीको कार्यकाल थप गरिएको जानकारी दिए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाका अनुसार अर्को राजदूत नियुक्त नभएसम्म कार्कीले राजदूतको कार्यभार सम्हाल्ने छन्। कार्की तत्कालीन नेकपा एमालेको कोटाबाट अमेरिकाको राजदूतमा पाँच वर्षअघि नियुक्त भएका थिए।
यसअघि बसेको मन्त्रिपरिषदको बैठकले राजदूत कार्कीलाई मन्त्रीसरहको सुविधा दिने निर्णयसमेत गरेको थियो।
प्रकाशित मिति: १६:५८ बजे, बिहीबार, वैशाख २६, २०७६
थप समाचार






