Kathmandu Press

ट्रयाक्टरको ठक्करबाट घाइते किशोरीको मृत्यु

धनगढी, मंसिर २३ : ट्रयाक्टरको ठक्करबाट घाइते धनगढीकी एक किशोरीको उपचारका क्रममा मृत्यु भएको छ।कैलालीको धनगढी उप–महानगरपालिका–३ स्थित रिङ्गरोडमा से १ त ९९...
ट्रयाक्टरको ठक्करबाट घाइते किशोरीको मृत्यु

धनगढी, मंसिर २३ : ट्रयाक्टरको ठक्करबाट घाइते धनगढीकी एक किशोरीको उपचारका क्रममा मृत्यु भएको छ।

कैलालीको धनगढी उप–महानगरपालिका–३ स्थित रिङ्गरोडमा से १ त ९९ नम्बरको ट्रयाक्टर र विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल सोमबार एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो। दुर्घटनामा १७ वर्षीय मनिषा श्रीमाल घाइते भएकी थिइन्।

उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्रयाक्टरसहित चालक ३० वर्षीय सन्जिव रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १६:२२ बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्