Kathmandu Press

चितुवाकाे आक्रमणबाट विद्यार्थी घाइते

दार्चुला, वैशाख २६ : चितुवाकाे आक्रमणबाट दार्चुलामा एक विद्यार्थी घाइते भएका छन्।

बिहीबार बिहान विद्यालय जाँदै गर्दा दार्चुलाकाे महाकाली नगर....

चितुवाकाे आक्रमणबाट विद्यार्थी घाइते
रासस

दार्चुला, वैशाख २६ : चितुवाकाे आक्रमणबाट दार्चुलामा एक विद्यार्थी घाइते भएका छन्।

बिहीबार बिहान विद्यालय जाँदै गर्दा दार्चुलाकाे महाकाली नगरपालिका–८ का चन्द्रसिह धामीलाई चितुवाले आक्रमण गरेकाे हाे।

उनलाई घर नजिकैकाे चाैपाट जंगलमा चितुवाले आक्रमण गरेकाे स्थानीय बासिन्दाले बताएका छन्।

चितुवाकाे आक्रमणबाट १५ वर्षीय चन्द्र घाइते भएका छन्। उनलाई उपचारका लागि दार्चुला जिल्ला अस्पताल ल्याइएकाे छ।

प्रकाशित मिति: १३:३० बजे, बिहीबार, वैशाख २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्