Kathmandu Press

प्रधानमन्त्री ओली भियतनाम प्रस्थान

काठमाडौं, वैशाख २६ : प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणका लागि प्रस्थान गरेका छन्।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्....

प्रधानमन्त्री ओली भियतनाम प्रस्थान

काठमाडौं, वैशाख २६ : प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणका लागि प्रस्थान गरेका छन्।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओलीले वैशाख भियतनाममा चार दिन र कम्बोडियामा दुई दिन बस्ने छन्।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल विदाइ गरे।

प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई भ्रमण टोलीमा छन्।

त्यस्तै संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत, गैरसरकारी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका छन्।

उनी जेठ १ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: १२:०४ बजे, बिहीबार, वैशाख २६, २०७६