प्रधानमन्त्री आज भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै
काठमाडौं, वैशाख २६ : प्रधानमन्त्री केपी शर्मा ओली आजबाट भियतनाम र कम्बोडियाको भ्रमणमा जान लागेका छन्।
उनी नेपाल एयरलाइन्सको विमानबाट भियतनाम....
काठमाडौं, वैशाख २६ : प्रधानमन्त्री केपी शर्मा ओली आजबाट भियतनाम र कम्बोडियाको भ्रमणमा जान लागेका छन्।
उनी नेपाल एयरलाइन्सको विमानबाट भियतनाम प्रस्थान गर्ने छन्। चार दिने भियतनाम भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री गुएन सुआन फुकसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
त्यहीबाट प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान गर्ने छन्। प्रधानमन्त्रीको कम्बोडिया भ्रमण दुई दिनको हुने छ।
कम्बोडिया भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री हुन सेनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई भ्रमण टोलीमा छन्।
त्यस्तै संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत, गैरसरकारी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका छन्।
उनी जेठ १ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।






