Kathmandu Press

मोटरसाइकल दुर्घटना हुँदा बालकसहित दुईको मृत्यु

रामेछाप, वैशाख २६ : मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा खाँडादेवी गाउँप....

मोटरसाइकल दुर्घटना हुँदा बालकसहित दुईको मृत्यु

रामेछाप, वैशाख २६ : मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय चोककुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

पुरानागाउँको अङ्गेरीपानीबाट खुरबेँसी जाने क्रममा बा ५१ प ६३६५ नं.को मोटरसाइकल दुर्घटना हुँदा चालक लामाको घटनास्थलमै र बालकको उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले बताए।

उनका अनुसार मोटरसाइकल सडकबाट एक सय मिटर तल खसेको थियो। पुरानागाउँको छापखानी खोला तरेर उकालो बाटोतर्फ जाँदैै गरेको मोटरसाइकल अनियन्त्रित भई खोलामा खसेको स्थानीयवासीको भनाइ छ।

 

प्रकाशित मिति: १०:४८ बजे, बिहीबार, वैशाख २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्