Kathmandu Press

मध्यम मद्यपान छैन स्वस्थकर

सामाजिक रूपमा हामीलाई मद्यपान गर्न मनपर्छ। केही परहेज गर्छन्। तर, हामी अधिकांश पिउन मन पराउँछौं। यो हाम्रो सामाजिक संस्कृतिको एउटा पाटो र सामूहिक पहिचान हो। यो यति व्य....

मध्यम मद्यपान छैन स्वस्थकर

सामाजिक रूपमा हामीलाई मद्यपान गर्न मनपर्छ। केही परहेज गर्छन्। तर, हामी अधिकांश पिउन मन पराउँछौं। यो हाम्रो सामाजिक संस्कृतिको एउटा पाटो र सामूहिक पहिचान हो। यो यति व्याप्त छ कि हामी चाहेर पनि यसबाट भाग्न सक्दैनौं। विविध तरिकाले हामी मद्यपानसँग जोडिएका छौं।

मद्यपानका कथाहरूले हाम्रो ध्यान तान्छ। विशेष गरी मध्यम मात्रामा गरिने मद्यपान हाम्रो चासोको विषय हो। अत्याधिक मद्यपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने हामी सबैलाई थाहा छ। एक सातामा २० बोतल बियर खपत गर्नु स्वास्थ्यको दृष्टिकोणले पक्कै राम्रो हुँदैन। तर, विभिन्न अध्ययनका नतिजाहरू घोषणा गरिएको साता वा दिनका आधारमा मध्यम मात्रामा गरिने मद्यपान स्वास्थ्यका लागि राम्रो वा नराम्रो हुन्छ भन्ने निष्कर्ष निरन्तर आइरहेका छन्। यसले हामीलाई थप दुविधामा पारेको छ। 

अघिल्लो महिना सार्वजनिक भएको एउटा अध्ययन प्रतिवेदनले मध्यम मात्रामा गरिने मद्यपानले ‘डिप्रेसन’ रोकथाम गर्नसक्छ भन्ने निष्कर्ष निकालेको छ। यो सम्भव देखिँदैन। यसका विभिन्न कारण छन्।

Hardik ivf

जटिल छ विज्ञान

मध्यम मद्यपान र स्वास्थ्य अन्तरसम्बन्धित रहेको हामीले थाहा पाएको धेरै भएको छैन। मध्यम मात्रामा मद्यपान गर्ने व्यक्तिलाई मुटुरोग, मधुमेह र मोटोपनको जोखिम कम हुने अनुसन्धाताले पत्ता लगाएका छन्। मध्यम मद्यपान भन्नाले यहाँ दैनिक १६ देखि २० ग्राम अल्कोहल भन्ने बुझ्नुपर्छ। यो भन्दा धेरै मद्यपान गर्ने वा कहिले नगर्नेहरूलाई यस्ता रोगको जोखिम बढी हुन्छ। वृहत समाजलाई हेर्दा मध्यम मात्रामा मदिरा सेवन गर्नेहरू धेरै तरिकाले स्वस्थ नहुने पुष्टि भएको छ।

समस्या के हो भने मध्यम मात्रामा गरिने मद्यपान पृथक व्यवहार होइन। मध्यम मात्रामा पिउने व्यक्तिबाट मध्यम मात्राको मद्यपान सजिलै छुट्याउन सकिँदैन। यसैले मदिरा वा अझ जटिल कुरा – के लेमानिसको स्वास्थ्यमा सुधार ल्याएको हो सजिले पहिचान गर्न सकिँदैन। यी सबै अध्ययनमा मध्यम मात्रामा मद्यपान गरेका मानिसहरूलाई हेरे यो मुद्दा अझ प्रष्ट देखिनेछ। उनीहरू बढी धनी, बढी शिक्षित छन्। धुमपान कम गर्छन्। सुकिलामुकिला क्षेत्रमा बस्छन्। जेल जाने र मोटोपनको सम्भावना पनि कम हुन्छ।

समग्रमा अत्याधिक मद्यपान गर्ने र कहिले नगर्नेहरूभन्दा उनीहरूको जीवन धेरै गुणा राम्रो हुन्छ। कहिले मद्यपान नगर्नेहरू पनि धेरै कुरामा भिन्न हुन्छन्। तीमध्ये धेरैजसो त खराब नै छ। त्यसैले मानिसहरू मद्यपानबाट किन टाढा हुन्छन् भनेर विचार गर्दा यसको अर्थ खुल्छ –उदाहरणका लागि गरिबी, रोग ब्याध र यसअघिको ‘अल्कोहोलिजम’।

यो अनुसन्धानको आधारमा मध्यम मात्रामा मद्यपान गर्ने मानिस स्वस्थ हुन्छन् कि हाम्रो समाजमा धनाढ्य र सम्पन्नले मात्रै मध्यम मात्रामा मद्यपान गर्छन्? थाहा पाउन सम्भव छैन। यसले पनि मध्यम मात्रामा गरिने मद्यपान हाम्रो स्वास्थ्यका लागि राम्रो हुने सोच बढेको छ।

मध्यम वैज्ञानिकता

उसो भए, के मध्यम मात्रामा गरिने मद्यपानले स्वास्थ्यलाई फाइदा गर्छ त? यो प्रश्नको उत्तर दिने दुई तरिका छ। पहिलो एउटा ‘¥याम्डमाइज्ड कन्ट्रोल्ड ट्रायल’ गर्न सकिन्छ। परीक्षणमा सहभागीलाई लामो समयसम्म दैनिक थोरै मदिरा सेवन गराउने र उनीहरू स्वस्थ हुन्छन् वा हुँदैन हेर्ने। दोस्रो, स्वास्थ्य र मदिराको सम्बन्धलाई प्रभाव पार्ने सबै बाह्य कारणहरू नियन्त्रण गर्ने प्रयास गर्ने र मध्यम मात्रामा मद्यपान गर्नेहरू स्वस्थ रहन्छन् वा रहँदैनन् हेर्ने।

भाग्यवश, चतुर वैज्ञानिकहरूले दुबै काम गरिसकेका छन्। दुई वर्षसम्म प्रत्येक दिन एउटा ‘स्ट्यान्डर्ड ड्रिङक’ गरे के हुन्छ भनेर इजरायलमा अध्ययन गरियो।अनुसन्धाताले सहभागीलाई तीन समूहमा विभाजन गरे।

एउटालाई पानी र अर्काे दुई समूहलाई रातो वा सेतो वाइन दिए। अध्ययनको अन्त्यमा वाइन पिएर स्वास्थ्यमासकारात्मक वा नकारात्मक कुनै प्रभाव परेको देखिएन। समस्या के हो भने, मद्यपान गर्नुको सबैभन्दा ठूलो प्रभाव क्यान्सर हो। क्यान्सरको विकास हुन वर्षाैं लाग्नसक्छ। त्यसैले यो अध्ययनबाट हामी के भन्न सक्छौंं भने, मध्यम मात्रामा मद्यपान गरे स्वास्थ्यमा कुनै उल्लेखनीय लाभ पुग्दैन। बरू यसका जोखिम बढी हुन सक्छन्।

न्यूजिल्याण्डमा गरिएको अर्काे अध्ययनले दोस्रो बाटो रोज्यो। अध्ययनमा कहिले नपिउने, मध्यम मात्रामा पिउने र अत्याधिक पिउनेहरूको समूह बनाइयो। नतिजा –मध्यम पिउनेहरू सबैभन्दा स्वस्थ देखिए। तर अनुसन्धाताहरूले चलाकी पनि गरे। उनीहरूले सामाजिक–आर्थिक अवस्थालाई एकदमै नियन्त्रण गरे। अर्थात यस्ता अध्ययनमा आउने धेरै कठिनाइहरू उनीहरूले हटाए। मध्यम मात्रामा गरिने मद्यपानको लाभदायक प्रभावहरू सबै हराए।  समाजको प्रभावबाट मुक्त भएपछि, मदिराको सानो मात्रा पनि खराब स्वास्थ्यसँग जोडिन्छ।

पिउने बहानाहरू

मध्यम मद्यपान पनि स्वस्थकर छैन। स्वास्थ्य सम्बन्धी केही सामान्य फाइदा भएपनि मदिराको लत लाग्छ। यसले धेरै अंगमा हानि पु¥याउँछ त्यसैले यसको प्रयोग स्वस्थकर हुँदैन।

मध्यम मात्रामा मद्यपान गरे राम्रो हुन्छ भनेर हामी सबै सुन्न चाहन्छौं। म आफैं पनि मध्यम मात्रामा मद्यपान गर्छु। स्वास्थ्यमा कुनै बिगार नगरी हरेक रात एक बोतल बियर पिउन पाए कस्तो रमाइलो हुन्थ्यो होला ! दुर्भाग्यवश, मद्यपान स्वस्थकर हुँदैन। जतिसुकै खाए पनि, मदिराले स्वास्थ्यमा हानी नै गर्छ।

म मदिरा पिउन छोड्दिनँ। तर, म स्वास्थ्यका लागि पिउँदिन। वाइन स्वादिलो हुन्छ, बियर गज्जब अनि जिन झन् गज्जब ! स्वाद लिनलाई पिउनुहोस्, ‘सोसियलाइज’ गर्नलाई पिउनुहोस्। तर, यसले ‘डिप्रेसन’ हटाउँछ वा मनको घाउ निको पार्छ भनेर नपिउनुहोस्।

सम्भव भए, थोरै पिउनुहोस्। पिउनै छोडे हामी सबै स्वस्थ हुने थियौं।

-गिदोन मेयेरोविट्ज–काज दीर्घरोगको क्षेत्रमा कार्यरत एपिडेमोलोजिस्ट हुन्।
 

प्रकाशित मिति: ०६:३८ बजे, बिहीबार, वैशाख २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्