Kathmandu Press

पार्टी एकता बिथोल्ने प्रयास अझै भइरहेका छन्:  प्रचण्ड

काठमाडाैं, वैशाख २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा....

पार्टी एकता बिथोल्ने प्रयास अझै भइरहेका छन्:  प्रचण्ड
फाइल फोटो

काठमाडाैं, वैशाख २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताएका छन्।

तत्कालीन नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सीमा विकलाई बुधबार पार्टी मुख्यालय धुम्बाहारीमा पार्टी प्रवेश गराउँदै उनले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताए। ‘आजमात्र हामीले पार्टी एकताको काम एक कदम अगाडि बढ्ने गरी गरेका छौँ’, उनले भने,‘पोलिटब्यूरो, जनवर्गीय सङ्गठनको एकता र केन्द्रीय सदस्यको कार्यविभाजनको केही दिनमा टुङ्ग्याएर हामी सार्वजनिक गर्दछौँ।’

प्रचण्डले एउटै कम्युनिष्ट पार्टी बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने पार्टी लागिपरेको समेत बताए। २०१९ सालबाट विभाजित कम्युनिष्ट दुई ठूला कम्युनिष्ट पार्टी एक भएपछि एकीकृत कम्युनिष्ट पार्टी बनेको उनले बताए। उनले नेकपामा प्रवेश गर्नेको लहर देशव्यापी रुपमा बढेको बताए।

‘पार्टीमा जोडिनका लागि थुप्रैसँग सम्पर्क भइरहेको छ। हामी पनि यही पार्टीमा जोडिन चाहन्छौँ भनेर देशभरबाट खबर आइरहेका छन्’, उनले भने,‘केही दिनमा ठूला, साना कम्युनिष्ट पार्टी नेकपामा जोडिन आउनेछन्। पार्टीलाई अझ पूर्णता बनाउने हो।’

प्रचण्डले पार्टी एकता देखेर के गरेर बिथोल्न सकिन्छ र के गरेर नेताबीच कचिङ्गल गर्न सकिन्छ भनेर प्रयास भइरहेको बताए। तर, प्रतिक्रियावादीका भ्रमलाई परास्त गदै पार्टी एकतालाई अगाडि बढाइने प्रचण्डले बताए।
 

प्रकाशित मिति: १८:३३ बजे, बुधबार, वैशाख २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्