Kathmandu Press

अन्योल अवस्थामै बन्द भयो शेयर बजार

काठमाडौं, वैशाख २५ : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३ दशमलव ६८ ले घटेर १२९७ दशमलव ६० को विन्दुमा पुगेको छ। 

दोस्रो ....

अन्योल अवस्थामै बन्द भयो शेयर बजार

काठमाडौं, वैशाख २५ : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३ दशमलव ६८ ले घटेर १२९७ दशमलव ६० को विन्दुमा पुगेको छ। 

दोस्रो बजार परिसूचकमा ० दशमलव २८ प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार १३०१ दशमलव २८ को विन्दुमा खुलेको थियो भने १३०४ दशमलव १५ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु १२९५ दशमलव ३२ थियो। आज दिनभरमा ५० करोड ७९ लाख बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 

आज सबैभन्दा धेरै सिभिल बैंक लिमिटेडेको शेयर किनबेच भएको छ। सिभिल बैंक लिमिटेडको ५ करोड ५३ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने
आज हिमालयन डिष्ट्रिलरीका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने मल्टि पर्पाेज फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ५५ प्रतिशतले गुमाए। 

प्राविधिक विश्लेषण 
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो। वैशाख २५ गते बजार १२९७ दशमलव ६० विन्दुमा बन्द भएको छ। यसको प्रवृत्तिले बजार अझै पनि सकारात्मक क्षेत्रमा रहेको तर, क्रेताको चाप कमजोर हुँदै गएको संकेत गरेको देखिन्छ। बजार नकारात्मक भई हाल्ने संकेत भने दिएको देखिँदैन। अघिल्लो दिनको मैनबत्ती र आजको स्पिनिङ्ग टपको आकृतिले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको देखिन्छ। सात कारोबार दिनको बजार प्रवृत्तिसँग परिमाणलाई हेर्ने हो भने कारोबार सामान्य देखिन्छ।

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार १३०० मनोवैज्ञानिक प्रतिरोध रहेको थियो। आज पनि बजारले यो प्रतिरोधलाई निश्चित रुपमा तोड्न असफल रहेको छ। हिजो र आज बजार प्रवृत्तिहीन रहेको देखिन्छ। 

बजार प्रवृत्तिहीन रहेकाले २१ समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४२ दशमलव ४९ अंकमा रहेको छ। यसले बजार सकारात्मक भइहालेको संकेत गरेको देखिँदैन। स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा क्रेताको चाप रहेको र अर्को कारोबार दिनको पहिलो समयमा बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा यदि बजार चित्र नं. २ मा देखिए बमोजिम माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने सम्भावना देखिन्छ भने अर्को तत्कालीन सामान्य प्रतिरोध १३१२ मा रहेको देखिन्छ। त्यस्तै, तत्कालीन सामान्य टेवा १२९० देखि १२९५ को क्षेत्रमा रहेको देखिन्छ। 

प्रकाशित मिति: १८:०३ बजे, बुधबार, वैशाख २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्