Kathmandu Press

प्रधानमन्त्री ओली गैरजिम्मेवार, प्रचण्ड अलोकतान्त्रिकः पौडेल 

जनकपुर, वैशाख २५ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीका दुई अध्यक्षमध्ये प्रधानमन्त्रीसमेत र....

प्रधानमन्त्री ओली गैरजिम्मेवार, प्रचण्ड अलोकतान्त्रिकः पौडेल 

जनकपुर, वैशाख २५ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीका दुई अध्यक्षमध्ये प्रधानमन्त्रीसमेत रहेका केपी ओली गैरजिम्मेवार र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रमा विश्वास नगर्ने नेता भएको बताएका छन्।

कांग्रेसको बुधबारबाट सुरु भएको राष्ट्रिय जागरण अभियान अन्तर्गत  प्रदेश दुईको जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री ओली गैरजिम्मेवार भएको संसदमा दिने गरेका अभिव्यक्तिले पुष्टि गरेको बताए।

‘मुलुकको प्रधानमन्त्री अनि जिम्मेवार नेताले संसदमा त्यसप्रकारको अभिव्यक्ति दिँदैनन्,’ उनले भने। पौडेलले नेकपाका अध्यक्ष प्रचण्डलाई लोकतन्त्रप्रति विश्वास अझै नभएको बताए।

पौडेलले प्रचण्डलाई लोकतन्त्रप्रति विश्वास नभएका कारण अझै जंगल जानसक्ने अभिव्यक्ति दिने गरेको आरोप लगाए। पौडेलले मधेसी नेताहरु मधेसप्रति सबैभन्दा अनुदार केपी ओलीको चाकडीमा पुगेको बताए।

‘मधेसका सबैभन्दा बढी नै अनुदार केपी ओलीको चाकडीमा किन पुगे अब मधेसी जनताले हिसाब किताब खोज्ने बेला भएको छ,’ उनले भने। 

प्रकाशित मिति: १७:३० बजे, बुधबार, वैशाख २५, २०७६