Kathmandu Press

प्रधानमन्त्री ओलीका अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त: पौडेल  

सिन्धुली, वैशाख २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति अहंकार र उन्म....

प्रधानमन्त्री ओलीका अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त: पौडेल  

सिन्धुली, वैशाख २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त भएको बताएका छन्।

नेपाल प्रेस युनियन सिन्धुली शाखाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले प्रधानमन्त्री ओलीको अहंकारले संसदको मर्यादामाथि पटक–पटक प्रहार हुने गरेको बताए। उनले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक मानसिकताले आर्थिक र सामाजिक अराजकता बढेको बताए।

फरक प्रसंगमा पौडेलले कांग्रेसभित्र आन्तरिक मतभेद कायमै रहेको र आन्तरिक संघर्ष चलिरहेको स्पष्ट पारे।
 

प्रकाशित मिति: १५:५२ बजे, बुधबार, वैशाख २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्