Kathmandu Press

विदेशबाट फर्किएका युवालाई एनएमबी बैंकको १० लाखसम्म ऋण

काठमाडौं, वैशाख २५ : एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई १० लाख रुपैयाँसम्म ऋण दिने भएको छ।

यसका लागि बैंकले दक्ष युवालाई उद्यम....

विदेशबाट फर्किएका युवालाई एनएमबी बैंकको १० लाखसम्म ऋण

काठमाडौं, वैशाख २५ : एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई १० लाख रुपैयाँसम्म ऋण दिने भएको छ।

यसका लागि बैंकले दक्ष युवालाई उद्यम सञ्चालन गर्न १० लाख रुपैयासम्म ऋण दिने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। सम्झौतामा एनएमबी बैक, राष्ट्रिय युवा परिषद र रिटनरी माईग्रेन्ट नेपालबीच हस्ताक्षर भएको हो।

सम्झौतासँगै विदेशबाट फर्र्किएर उद्यम गर्न चाहने युवाले १० लाखसम्मको ऋण पाउने छन्। बैंकले तत्कालका लागि परियोजना धितोमा एक अर्ब रुपैयाँसम्म ऋण प्रवाह गर्ने भएको छ।

सीप सिकेर विदेशबाट फर्किएका युवालाई राष्ट्रिय युवा परिषद, एनएमबी बैंक र रिटर्नी माईग्रेन्ट नेपालले उद्यम सञ्चालनका लागि आवश्यक तालिम पनि दिने जनाएको छ। अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा सहयोग गर्ने गरी ऋण प्रवाह गरिने छ।

बैंकले ऋण लिन चाहनेलाई परियोजना सञ्चालनका लागि सुझाव तथा सल्लाह दिने, तालिम दिने र बजारको पहुँचलाई सहजिकरण गराउनेतर्फ केन्द्रीय स्तरमा छुट्टै डेस्कको स्थापना गर्ने मसेत सम्झौता पत्रमा उल्लेख छ।

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, वैशाख २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्