कोरोना परीक्षण गर्न घरघरमै पुग्दै मोबाइल भ्यान
कोरोना भाइरसको परीक्षणका लागि स्वाब संकलन गर्न काठमाडौं महानगरपालिकाले घरघरमा मोबाइल पीसीआर भ्यान पठाउन थालेको छ।![कोरोना परीक्षण गर्न घरघरमै पुग्दै मोबाइल भ्यान](https://kathmandupress.com/uploads/posts/1606980181_mobile_PCR_Van_(3).jpg)
काठमाडौं, मंसिर १८ : कोरोना भाइरसको परीक्षणका लागि काठमाडौं महानगरपालिकाले घरघरमा मोबाइल भ्यान पठाउन थालेको छ। मोबाइल पीसीआर भ्यानमार्फत स्वाब संकलन भइरहेको छ।
कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न समस्या भएका महानगरसासीको सहयोगका लागि मोबाइल भ्यान परिचालन गरिएको जनाएको छ। महानगरका विभिन्न वडामा गएर स्वाब संकलन गरिरहेको स्वास्थ्य सहायक ऋषिप्रसाद भुषालले बताए।
मोबाइल भ्यानमार्फत स्वाब संकलनको क्रममा बढिरहेको उनले बताए। यस अघि दैनिक ४० वटा स्वाब संकलन हुँदै आएकोमा अहिले एक सयसम्म भइरहेको भुषालले बताए।
मोबाइल भ्यानमार्फत संकलन भएका स्वाब टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको छ। दुई दिनपछि सम्बन्धित व्यक्तिको मोबाइलमा मेसेज गरेर जानकारी दिने गरिएको छ।
बिहीबार काठमाडौं महानगरपालिका १३ को कालिमाटी, ताहचलमा स्वाब संकलन गरिएको छ। मोबाइल भ्यानमार्फत स्वाब संकलनका केही दृश्य :
![परराष्ट्रमन्त्री डा. देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह](https://kathmandupress.com/uploads/posts/550X700/rana-1739702863.jpg)