Kathmandu Press

चार सय ३३ स्थानीय तहमा १० हजार कर्मचारी दरबन्दी रिक्त

काठमाडौं, वैशाख २५ : देशभरका चार सय ३३ स्थानीय तहमा १० हजारभन्दा बढी कर्मचारी दरबन्दी रिक्त रहेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्....

चार सय ३३ स्थानीय तहमा १० हजार कर्मचारी दरबन्दी रिक्त
फाइल फोटो

काठमाडौं, वैशाख २५ : देशभरका चार सय ३३ स्थानीय तहमा १० हजारभन्दा बढी कर्मचारी दरबन्दी रिक्त रहेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, चार सय ३३ स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छन्। मन्त्रालयले गत वैशाख २० गतेसम्म सात सय ५३ स्थानीय तहलाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउन निर्देशन दिएको थियो।

अहिलेसम्म चार सय ३३ स्थानीय तहले मात्र विवरण पठाएको मन्त्रालयका सहसचिव भुपराज बरालले बताए। अझै तीन सय २० स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छैनन्।

उनका अनुसार, चार सय ३३ स्थानीय तहमा १० हजारभन्दा बढी कर्मचारी दरबन्दी रिक्त रहेको छ। स्थानीय तहले पठाएको दरबन्दीको विवरण अध्यावधिक गर्ने काम भइरहेको छ।

स्थानीय तहबाट सङ्कलन गरिएको विवरणलाई मन्त्रालयले विज्ञापन गर्न लोकसेवा आयोगलाई पठाउने सहसचिव बरालले बताए।

स्थानीय तहमा ६६ हजार नौ सय आठ दरबन्दीमध्ये ५० हजार सात सय ९० कर्मचारी समायोजन गरे पनि अझै १६ हजार एक सय १८ कर्मचारी अपुग छन्।

मन्त्रालयले गत चैत १४ गते सङ्घ, प्रदेश र स्थानीय तहमा एक लाख ३१ कर्मचारी समायोजन गरेको थियो। स्थानीय तहमा निजामतीबाट ३१ हजार ४३, साविक स्थानीय निकायका १० हजार पाँच सय ४०, साविक जिल्ला विकास समितिबाट एक हजार दुई सय ४१ र अन्य सेवाबाट तीन सय १६ तथा स्थानीय सरकार सञ्चालन ऐनअनुसार सात हजार ६ सय ५० कर्मचारी समायोजन गरिएको थियो।

मन्त्रालयले सङ्घमा ४८ हजार चार सय नौको दरबन्दीमा ४० हजार सात सय ६९ र प्रदेशमा २२ हजार दुई सय ९७ मध्ये १४ हजार ६ सय ५९ समायोजन गरेको थियो। सङ्घमा सात हजार ६ सय ४० र प्रदेशमा सात हजार ६ सय ३८ कर्मचारी अझै अपुग छन्।

प्रकाशित मिति: १२:५७ बजे, बुधबार, वैशाख २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्