Kathmandu Press

मुम्बई आईपीएलको फाइनलमा प्रवेश, आज सन्दीपको टीम भिड्दै

काठमाडौं, वैशाख २५ : मुम्बई इन्डियन आईपीएलको फाइनलमा प्रवेश गरेको छ। चेन्नेइ सुपर किंसलाई ६ विकेटले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो।

....
मुम्बई आईपीएलको फाइनलमा प्रवेश, आज सन्दीपको टीम भिड्दै
एजेन्सी

काठमाडौं, वैशाख २५ : मुम्बई इन्डियन आईपीएलको फाइनलमा प्रवेश गरेको छ। चेन्नेइ सुपर किंसलाई ६ विकेटले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो।

हिजो राति भएको खेलमा मुम्बईले सहज जित हासिल गर्दै फाइनलको यात्रा तय गरेको हो। टस जितेर ब्याटिङ रोजेको चेन्नेइले राम्रो सुरुआत गर्न सकेन्। उसले चार विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनायो।

चेन्नेइका लागि अम्बानि रायुडले ४२, महेन्द्रसिंह धोनीले ३७, मुरली विजयले २६ रन बनाए।

मुम्बइका लागि आरडी चहरले दुई, हार्दिक पाण्डेय र जयन्त यादवले एक÷एक विकेट लिए।

एस सय ३२ रनको विजयी लक्ष्य पच्छ्याएको मुम्बईको पनि सुरुआत राम्रो रहेन। क्याप्टेन रोहित शर्मा र क्विन्टन डिकक २१ रनमै आउट भए। त्यसपछि सूर्यकुमार यादव र इसान्त किसनले राम्रो साझेदारी गरे जितसम्म पुर्‍याएका हुन्।

मुम्बइले १८.३ ओभरमा चार विकेट गुमाउदै जित हासिल गरेको हो। उसका लागि सूर्यकुमार यादवले ७१ र इशान्त किसनले २८ रन बनाए।

आज सेमिफाइनल अर्थात क्वालिफायर प्रवेशका लागि दिल्ली क्यापिटल्स र सनराईज हैदरावादबीच खेल हुँदैछ। आजको खेल राति ८ बजे सुरु हुने छ।

आजको विजेता टोली फाइनल प्रवेशका लागि शुक्रबार चेन्नेइ सुपरकिंग्ससँग भिड्ने छ।

आजको खेलमा सन्दीप लामिछाने प्लेइङ एघारमा पर्ने निश्चित छैन्। उनी लगातार बेन्चमै छन्। उनले अहिलेसम्म ६ खेलमात्रै खेल्न पाएका छन्। जसमा आठ विकेट लिएका छन्।

प्रकाशित मिति: १२:०५ बजे, बुधबार, वैशाख २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्