Kathmandu Press

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, वैशाख २४ : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सरकारले आर्थिक वर्ष २०७६&nda....

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
फाइल फोटो

काठमाडौं, वैशाख २४ : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि  ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। तर, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसद प्रेम सुवालले भने विपक्षमा मत दिएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गत संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। नीति तथा कार्यक्रममाथि संसदमा आइतबार, सोमबार र मंंगलबार छलफल भएको थियो। 

संसदको अर्को बैठक वैशाख २७ गते बिहान ११ बजे बस्नेछ।
 

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, वैशाख २४, २०७६