सरकारको नीति तथा कार्यक्रम प्रतिगमनको दिर्शातर्फ उन्मुखः भण्डारी
जनकपुर, वैशाख २४ : राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरतसिंह भण्डारीले संघीयताको मर्म विपरीत सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको ....

जनकपुर, वैशाख २४ : राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरतसिंह भण्डारीले संघीयताको मर्म विपरीत सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको आरोप लगाएका छन्।
मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिगमनको दिशातर्फ उन्मुख भएको बताएका हुन्। उनले राष्ट्रपतिले ‘मेरो सरकार’ भनेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नु नै प्रतिगमनको संकेत भएको बताए।
भण्डारीले सरकारले केन्द्रीय मानसिकताले नीति तथा कार्यक्रम प्रस्तुत गरेको आरोप पनि लगाए। संविधानप्रति असन्तुष्टिको सम्बोधन नगरी सरकारले विभेदको चरित्र प्रदर्शन गरेको बताउँदै उनले संविधानमा भएको त्रृटिलाई सच्याइ अवयवलाई पूर्णता नदिएसम्म आफ्नो दल आन्दोलनमा रहने बताए।
भण्डारीले सरकार न्यायपालिकालाई गलत बाटोतर्फ लैजाने क्रियाकलाप गरिरहेको आरोप पनि लगाए।











