सरकारको नीति तथा कार्यक्रम आश्वासनको पोको मात्रैः निधि
जनकपुर, वैशाख २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको नीति तथा कार्यक्रम आश्वासनको पोको मात्रै भएको आरोप ल....

जनकपुर, वैशाख २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको नीति तथा कार्यक्रम आश्वासनको पोको मात्रै भएको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियनले मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले भने,‘उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रम अश्वासनको पोको मात्रै हो, यो कार्यक्रमविहीन र नीतिविहीन छ।’
निधिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा संघीयतालाई कार्यान्वयन गर्ने कुनै कार्यक्रम नरहेको बताए। ‘सरकारको नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुनै कार्यक्रम छैन,’ उनले भने।
निधिले संघीयता र संविधान विरोधी नीति तथा कार्यक्रमले संविधान संशोधनको मुद्दालाई पनि गौण बनाएको आरोप लगाए। उनले संविधान संशोधनका पक्षमा कांग्रेस अहिले पनि अडिग रहेको बताए। उनले भने,‘हामी संशोधनकै पक्षमा छौं। तर, मधेसवादी दलले नै संविधान संशोधनमा रुचि राखेका छैनन्।’











