बालुवाटरको जग्गा पहिलाकै सरकारबाट हिनामिना भएको हो : प्रधानमन्त्री
काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको जग्गा पहिलेकै सरकारले हिनामिना गरेको आरोप लगाएका छन्।
मंगलबार नीति तथा कार्य....

काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको जग्गा पहिलेकै सरकारले हिनामिना गरेको आरोप लगाएका छन्।
मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको संसद्मा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘खुल्लामञ्च, बालुवाटरको जग्गा पहिलाको सरकारकै पालामा हिनामिना भएको हो, अहिले त छानविन भइरहेको छ।’ यस अघि भएको जग्गा हिनामिना अहिलेको सरकारले फिर्ता ल्याउन काम गरिरहेको उनको भनाइ थियो।
उनले वाइडबडी खरिद काण्डमा पनि वर्तमान सरकार संलग्न नभएको जिकिर गरे। ‘वाइडबडी काण्ड पहिलाको सरकारकै पालमा भएको, अहिलको सरकारले गरेको होइन,’ उनले भने।
सुन तस्करी अहिले रोकेको उनको भनाइ थियो। ‘सुन तस्करी के भयो भन्छन्, अहिले बन्द भएको छ। अलिअलि प्वाल परेको थियो, अहिले टालिएको छ, त्यसैले बन्द भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘अपराधि जेलमा छ। अब सधैंका लागि बन्द हुन्छ।’











