Kathmandu Press

सरकारको नीति तथा कार्यक्रम हाइस्कुलका विद्यार्थीले लेखेको निबन्ध जस्तो : सिंह

काठमाडौं, वैशाख २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई निबन्धको संज्ञा दिएका छन्। <....

सरकारको नीति तथा कार्यक्रम हाइस्कुलका विद्यार्थीले लेखेको निबन्ध जस्तो : सिंह

काठमाडौं, वैशाख २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई निबन्धको संज्ञा दिएका छन्। 

प्रतिनिधिसभा बैठकमा मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सिंहले नीति तथा कार्यक्रम हाइस्कुलमा अध्ययनरत विद्यार्थीले लेखेको निबन्धजस्तै भएको बताएका हुन्।

उनले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै गरी सबै विषय नीति तथा कार्यक्रममा समावेश गरिएको आरोप लगाए।
उनले नीति तथा कार्यक्रम नारै नाराले  भरिएको कार्यक्रमजस्तो भएको आरोप लगाए।  

सिंहले काठमाडौँ उपत्यकाभित्रको धुलो हट्न नसकेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालत पनि राम्रो नभएको बताए। नीति तथा कार्यक्रममा समावेश गरिएका केही विषय सकारात्मक रहेपनि कार्यान्वयन भने मुस्किल रहेको उनको भनाइ छ।
 

प्रकाशित मिति: १४:१६ बजे, मंगलबार, वैशाख २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्